नागरिक बडा पत्र
| नागरिक बडापत्र | 
| एकल खाता कोष प्रणाली (Treasury Single Account - TSA) | 
| परिचयः- सरकारको वित्तीय एवम् खर्च व्यवस्थापन र नगद व्यवस्थापनको कार्यलाई सरल, मितव्ययी, पारदर्शी र प्रभावकारी तुल्याई वित्तीय जोखिम न्युन गर्दै नेपाल सरकारको कोष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको तुल्याउन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2065।10।15 को निर्णयानुसार आर्थिक वर्ष 2065/066 बाट शुरु भई आर्थिक वर्ष 2070/071 देखि विनियोजन, धरौटी र राजश्व तर्फको कारोबार एकल खाता कोष प्रणाली अन्तर्गत पुर्ण रुपमा सञ्चालन भएको । आर्थिक वर्ष 2072/073 देखि ख-६ समूहको खाताहरुको कारोबारलाई पनि यस प्रणालीमा पुर्ण रुपमा समावेश गरिएको । | 
| क्र.सं. | सम्पादन गरिने कार्यहरु | सेवाग्राही समुह | आवश्यक पर्ने कागजात एवम् प्रमाणहरु | सेवा शुल्क दस्तुर | लाग्ने समय | सम्वन्धित शाखा | जिम्मेवार कर्मचारी | गुनासो सुन्ने पदाधिकारी | कैफियत | 
| 1 | पेश्की खर्च ऐन अन्तर्गतको भुक्तानी खर्च/निकासा वा विनियोजन ऐन अन्तर्गतको भुक्तानी खर्च / निकासा | जिल्ला स्थित सरकारी कार्यालयहरु | *सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेक सञ्चित कोषबाट विनियोजन हुने रकमहरुको एक तृतीयांश रकम निकासा /भुक्तानी हुने । | निशुल्क | भुक्तानी आदेश दर्ता भएको 2 घण्टा भित्र | निकासा तथा भुक्तानी शाखा (TSA Counter A,B,C,D) | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| *खर्च गर्ने अख्तियारी पत्र , | |||||||||
| *स्वीकृत वार्षिक कार्यक्रम, | |||||||||
| *बजेटको मासीक बाँडफाँड र निकासा सीमा फारम (अनुसुची 1) | |||||||||
| *कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना | |||||||||
| *भुक्तानी/निकासाको चेक बुझिलिने आधिकारिक प्रतिनिधि तोकिएको पत्र । | |||||||||
| *भुक्तानी आदेश, | |||||||||
| *चौमसिक माग फाराम (अनुदानको हकमा) | |||||||||
| *विकेन्द्रित व्यवस्था अनुसार निक्षेपित कार्यक्रमको हकमा जि.वि.स.बाट खर्च शिर्षकगत बाँडफाँड, स्थानिय विकास अधिकारीबाट अख्तियारी प्रदान वा अधिकार प्रत्यायोजन सम्बन्धी पत्र । | |||||||||
| वैदेशिक श्रोत तर्फ नगद अनुदान तथा नगद ऋण सहायता तर्फ महालेखा नियन्त्रक कार्यालयको निकासा फुकुवा पत्र ।(प्रथम चौमासिक देखिनै ) | |||||||||
| वैदेशिक श्रोत तर्फ सोधभर्ना अनुदान तथा सोधभर्ना ऋण सहायता तर्फ महालेखा नियन्त्रक कार्यालयको निकासा फुकुवा पत्र । (दोस्रो चौमासीक देखि) | |||||||||
| पुँजीगत खर्च तथा चालु खर्च तर्फको कार्यक्रम खर्चको प्रगति प्रतिवेदन (दोस्रो चौमासिक देखि) | |||||||||
| भुक्तानी/निकासा माग गर्दा निम्न रीत पुगेको हुनुपर्दछ । | |||||||||
| *अख्तियारी र स्वीकृत कार्यक्रम प्राप्त भएको । | |||||||||
| *निकासा रोक्का नभएको । | |||||||||
| *बैदेशिक श्रोत मिलेको/बैदेशिक श्रोतको फुकुवा भएको | |||||||||
| *स्वीकृत कार्यक्रम अनुसार खर्च भएको । | |||||||||
| *कार्यक्रमको तोकिए बमोजिम प्रगति पुगेको । | |||||||||
| *राजश्व व्यवस्थापन सुचना प्रणाली (RMIS) को प्रावधान अनुसार बैंकमा जम्मा भएको राजश्व रकम Online आम्दानी बाँधिएको हुनु पर्ने । | |||||||||
| *विनियोजन, राजश्व, धरौटी र अन्य कोषहरुको मासिक फाँटवारीहरु तयार गरी पठाइ सकेको । | |||||||||
| *बजेटको मासिक बाँडफाँड तथा निकासा सीमा भित्र रही खर्च स्वीकृत गरेको । | |||||||||
| *सम्बन्धित बजेट खर्च शीर्षक नम्बरमा रकम बाँकी भएको। | |||||||||
| *सोझै भुक्तानी र वस्तुगत सहायता विवरण पेश भएको, | |||||||||
| *महालेखा नियन्त्रक कार्यालयले तोके बमोजिम निर्दिष्ट ढाँचामा खर्च प्रतिवद्धता फाराम online प्रविष्टि गरेको । | |||||||||
| *तलबी प्रतिवेदन पारित भएको हुनु पर्ने । | |||||||||
| 2 | दस्तखत नमुना कार्ड भरी पठाउने | जिल्ला स्थित सरकारी कार्यालयहरु | आर्थिक कार्यविधि नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीहरु (कार्यालय प्रमुख र लेखा प्रमुख) को तोकिएको ढाँचामा दस्तखत नमुना कार्ड भरी पठाउनु पर्ने । | निशुल्क | सोही दिन एक घण्टा भित्रमा | प्रशासन/भुक्तानी शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| भुक्तानी आदेशमा दस्तखत गर्ने कर्मचारीहरु हेरफेर भएको अवस्थामा सम्बन्धित कर्मचारीको रमाना वा सरुवा पत्रको सम्बन्धित कार्यालयबाट प्रमाणित प्रतिलिपि । | |||||||||
| 3 | फिर्ता प्राप्त रकम एकल बैक खातामा जम्मा गर्ने | जिल्ला स्थित सरकारी कार्यालयहरु | चालु आर्थिक वर्षको कुनै बजेट खर्च रकम फिर्ता प्राप्त भएमा सो रकम को.ले.नि.का.ले संचालन गरेको एकल बैक खातामा जम्मा गरी सो को भौचर उठाई कार्यालयले आफ्नो श्रेस्तामा खर्च फिर्ता आम्दानी बाँधी बैक भौचरको प्रतिलिपि सहित निर्दिष्ट ढाँचामा को.ले.नि.का.मा पठाउने । | निशुल्क | सोही दिन | प्रशासन/भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| 4 | धरौटी सम्बन्धी कार्य | जिल्ला स्थित सरकारी कार्यालयहरु | रकम जम्मा गर्नेः- कार्यालयले नगद प्राप्त गरी वा नगरी धरौटी वापत प्राप्त हुने जुनसुकै रकम वा धरौटी खातामा जम्मा गर्नु पर्ने गरी कार्यालयले कट्टि गरी राखेको रकम को.ले.नि.का.को नाममा खोलिएको धरौटीको एकल खाता कोषमा मात्र जम्मा गर्नु पर्ने । | निशुल्क | भुक्तानी आदेश दर्ता भएको 2 घण्टा भित्र | निकासा तथा भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| आम्दानी वाँध्नेः- को.ले.नि.का.को नाममा रहेको धरौटी खातामा रकम जम्मा गरी व्यक्ति वा संस्थाबाट प्राप्त भएको धरौटीको भौचर र बैक स्टेटमेण्टको आधारमा गोश्वारा भौचर तयार गरी आम्दानी बाँधी खाता अभिलेखमा चढाउने । | |||||||||
| *कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना । | |||||||||
| *भुक्तानीको चेक बुझिलिने आधिकारीक प्रतिनिधि तोकिएको पत्र । | |||||||||
| *अघिल्लो महिनाको मास्केवारी । | |||||||||
| *को.ले.नि.का. सँग मासिक रुपमा धरौटीको हिसाब भिडान गरेको । | |||||||||
| 5 | कार्य सञ्चालन कोष (विविध खाता) | *कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना । | निशुल्क | भुक्तानी आदेश दर्ता भएको 2 घण्टा भित्र | निकासा तथा भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | ||
| *भुक्तानीको चेक बुझिलिने आधिकारीक प्रतिनिधि तोकिएको पत्र | |||||||||
| *को.ले.नि.का. को ख-६ विविध खातामा रकम जम्मा भएको बैक भौचरको प्रतिलिपि सहित आम्दानी जनाउनको लागि आम्दानी आदेश । | |||||||||
| *ख-६ खाता तर्फको भुक्तानी आदेश । | |||||||||
| कार्य सञ्चालनकोष तर्फको मासिक फाँटवारी | |||||||||
| मासिक फाँटवारी तयार गर्नु अघि को.ले.नि.का. सँग कार्य संचालन कोषको हिसाब सम्बन्धित कार्यालयले भिडान गर्नु पर्ने । | |||||||||
| 6 | चालु खर्च र पुँजीगत खर्चको मास्केवारी भिडाउने कार्य । | जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय निकायहरु | * मासिक फाँटवारी । | निशुल्क | सोही दिन | निकासा तथा भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| 7 | राजश्वको मास्केवारी भिडाउने कार्य | जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय निकायहरु | * मासिक फाँटवारी ।राजश्व व्यवस्थापन सुचना प्रणाली को प्रावधान अनुसार बैंकमा जम्मा भएको राजश्व रकम सम्बन्धित कार्यालयबाट Online आम्दानी बाँधिएको हुनुपर्ने । | निशुल्क | सोही दिन | निकासा तथा भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| 8 | धरौटीको मास्केवारी भिडाउने कार्यः | जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय निकायहरु | * मासिक फाँटवारी । | निशुल्क | सोही दिन | निकासा तथा भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| 9 | कार्य सञ्चालन कोष (विविध खाता) को मास्केवारी भिडाउने | जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय निकायहरु | * आम्दानी आदेश । | निशुल्क | सोही दिन | निकासा तथा भुक्तानी शाखा | कोष नियन्त्रकहरु | प्रमुख कोष नियन्त्रक | |
| * मासिक फाँटवारी । | |||||||||
| 10 | जिल्लामा गठन हुने समितिहरुमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा कार्य गर्ने । | जिल्ला स्थित सरकारी, अर्ध सरकारी, संस्थान तथा स्थानीय निकायहरु | * कार्यालयहरुबाट प्राप्त पत्र । | निशुल्क | सोही दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| तलवी प्रतिवेदन सम्बन्धी | |||||||||
| क्र.सं. | सम्पादन गरिने कार्यहरु | सेवाग्राही समुह | आवश्यक पर्ने कागजात एवम् प्रमाणहरु | सेवा शुल्क दस्तुर | लाग्ने समय | सम्वन्धित शाखा | जिम्मेवार कर्मचारी | गुनासो सुन्ने पदाधिकारी | कैफियत | 
| १ | तलवी प्रतिवेदन पारीत गर्ने कार्य | जिल्ला स्थित सरकारी कार्यालयहरु | *अनुसुची-५ बमोजिमको तलवी प्रतिवेदन फारम | निःशुल्क | एक हप्ता | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *गत वर्षको पारित तलवी प्रतिवेदनको प्रतिलिपी | |||||||||
| *गत वर्ष पारित तलवी प्रतिवेदनमा उल्लेखित कर्मचारी बाहेक थप नयाँ नियुक्ति वा बढुवा भएका कर्मचारीको हकमा नियुक्ति वा बढुवा पत्रको प्रतिलिपि। | |||||||||
| *अन्यत्र कार्यालयबाट सरुवा, बढुवा भई आउने कर्मचारीको हकमा निजको साविक कार्यालयबाट गत वर्ष पारित तलवी प्रतिवेदनको प्रतिलिपी । | |||||||||
| *स्वीकृत दरबन्दी विवरण (आवश्यकतानुसार) | |||||||||
| २ | ग्रेड मिलान | राष्ट्र सेवक कर्मचारीहरु | *सम्बन्धित कर्मचारीको निवेदन। | निःशुल्क | एक दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *के कति ग्रेड मिलान हुनु पर्ने हो सो को किटानी साथ उल्लेख गरिएको कार्यालयको पत्र । | |||||||||
| *बढुवा हुनु भन्दा ठीक अगाडिको पारित तलवी प्रतिवेदनको प्रतिलिपि । | |||||||||
| *हालको पदको नियुक्तिको प्रतिलिपि । | |||||||||
| *हाल बढुवा भएको पदमा तथा बढुवा हुन भन्दा पहिलेको पदमा ग्रेड पुरस्कार पाएको भए सो पत्रको प्रतिलिपि । | |||||||||
| ३ | अन्य प्रावधानहरु | जिल्ला स्थित सरकारी कार्यालयहरु | *PIS अद्यावधिक नभए सम्म तलवी प्रतिवेदन पारित नहुने । | ||||||
| *तलवी प्रतिवेदन पारित नभए सम्म निजामती सेवा ऐन, 2049 को दफा ७(ख)(३) बमोजीम तलब खुवाउन नमिल्ने । | |||||||||
| *तलवी प्रतिवेदन पारित नगराई तलब खुवाएको पाइएमा निजामती किताबखानाले तलवी प्रतिवेदन पारित नगराउने कार्यालयहरुको वार्षिक विवरण तयार गरी सम्बन्धित तालुक मन्त्रालय/सचिवालय/आयोग, सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय लगायत सरोकारवाला निकायमा सम्बन्धित कार्यालयको तलब रोक्का गरी सिघ्र तलवी प्रतिवेदन पारित गर्न लेखी पठाउन सक्ने । | |||||||||
| *तलब बृद्धि (ग्रेड) को हिसाब गर्दा सम्वत् 2057/04/01 भन्दा पुर्व प्राविधिक पदमा नियुक्ती भएका कर्मचारीलाई मात्र प्राविधिक ग्रेड उपलब्ध हुने । | |||||||||
| *पुरस्कार स्वरुप दिइएको वार्षिक तलब बृद्धि(ग्रेड) रकम समेत हिसाब गर्दा स्वीकृत तलवमानको अन्तिम तलब सीमा ननाघ्ने गरी तलबमान समायोजन गरी तलवी प्रतिवेदन पारित गरिने । | |||||||||
| *निजामती सेवा नियमावली, 2050 को नियम 61(5) बमोजीम बेतलवी अध्ययन बिदा अवधिको तलब बृद्धि (ग्रेड) पाउने भएकोले सो समेत समायोजन गरी तलबी प्रतिवेदन पारित गरिने । | |||||||||
| *निजामती सेवा ऐन को साविक दफा 24घ1 को प्रावधान अनुसार बढुवा भएका कर्मचारीहरुको तलब बृद्धिको महिना गणना गर्दा बढुवा नियुक्तिको निर्णय मितिबाट पाउने गरी गणना गरिने । | |||||||||
| *असाधारणा बिदा बसेको अवधिको तलब नपाउने भएकोले असाधारण बिदा समाप्त भई हाजिर भएको मितिले १ वर्ष पुरा भएपछी मात्र वार्षिक तलब बृद्धि (ग्रेड) पाउने गरी तलवी प्रतिवेदन पारित गरिने । | |||||||||
| *तलबी प्रतिवेदन पारित गर्दा सम्भव भए सम्म Payroll System बाटै पारित गरिने । | |||||||||
| *तलबी प्रतिवेदन पारितका लागि पठाउँदा स्वीकृत दरबन्दी विवरणको परिधिमा रही पठाउनु पर्ने । | |||||||||
| निवृत्तभरण सम्बन्धी नागरिक बडापत्र | |||||||||
| विषयवस्तु प्रवेशः | |||||||||
| क्र.सं. | विषय | विवरण | |||||||
| १ | निवृत्तभरण | जीवनको उत्पादनशील समयलाई राष्ट्र सेवामा समर्पण गरी सेवा निवृत्त भएपछि निज र निजको परिवारको जीविकोपार्जन वापत दिइने नियमित मासिक रकम। | |||||||
| २ | निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्य | निवृत्तभरण रकम सम्बन्धित सेवाग्राहीलाई के कसरी उपलब्ध गराउने भन्ने कार्य । | |||||||
| ३ | निवृत्तभरण अधिकारपत्र | निवृत्तभरण भुक्तानी पाउने प्रमाण-पत्र । | |||||||
| ४ | नेपालमा निवृत्तभरणको शुरुवात | तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले प्रथम विश्वयुद्धमा नेपालबाट बेलायती सेनामा खटिई अंगभंग भई फर्किएका सैनिकलाई वार्षिक खान्गीको रुपमा निश्चित रकम दिने व्यवस्थाबाट शुरुवात । | |||||||
| ५ | निजामती किताबखाना | निजामती कर्मचारी, संवैधानिक पदाधिकारी, न्याय सेवाका कर्मचारी र राजदरवार सेवा (तत्कालीन) का कर्मचारीलाई निवृत्तभरण अधिकारपत्र प्रदान(जारी) गर्ने निकाय । | |||||||
| 6 | प्रहरी किताबखाना | नेपाल (जनपद) प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कर्मचारीको निवृत्तभरण अधिकार पत्र जारी गर्ने निकाय । | |||||||
| ७ | विद्यालय शिक्षक किताबखाना | सामुदायिक विद्यालयका शिक्षकहरुको निवृत्तभरण अधिकार पत्र जारी गर्ने निकाय । | |||||||
| ८ | सैनिक अभिलेखालय | नेपाली सेनाको निवृत्तभरण अधिकारपत्र जारी गर्ने निकाय । | |||||||
| ९ | दर्जा, श्रेणी तथा तह नखुलेको अवस्था | दर्जा, श्रेणी तथा तह नखुलेको अवस्थामा सम्बन्धित किताबखानाबाट खुलाई ल्याएपछि मात्र निवृत्तभरण रकम बृद्धि प्रदान गरिने व्यवस्था । | |||||||
| १० | सम्बन्धित किताबखानाको कर्तव्य | *निवृत्तभरण अधिकारपत्र दिने | |||||||
| *शुरु निवृत्तभरण रकम किटान गर्ने | |||||||||
| *इच्छाइएको व्यक्ति प्रमाणित गर्ने | |||||||||
| *६० वर्षे, ७५ वर्षे, ८५ वर्षे सुविधा थप गर्ने | |||||||||
| *निवृत्तभरण अधिकारपत्र संशोधन गर्ने । | |||||||||
| क्र.सं. | शिर्षक/सम्पादन गरिने कार्यहरु | विवरण/सेवाग्राही समुह | सेवा प्राप्त गर्न आवश्यक कागजातहरु | सेवा शुल्क दस्तुर | लाग्ने समय | सम्वन्धित शाखा | जिम्मेवार पदाधिकारी | गुनासो सुन्ने अधिकारी | कैफियत | 
| ११ | पारिवारिक निवृत्तभरण अधिकारपत्र जारी गर्ने | सेवा निवृत्त निजामती कर्मचारीका परिवार | *पारिवारिक निवृत्तभरण माग फारम | निःशुल्क | सोही दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *निवृत्तभरकको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||
| *नाता प्रमाणित पत्रको प्रतिलिपी | |||||||||
| *पासपोर्ट साइजको फोटो पाँच प्रति | |||||||||
| *साविक निवृत्तभरण अधिकार पत्र | |||||||||
| *नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी | |||||||||
| *पारिवारिक निवृत्तभरण पाउने व्यक्ति नावालक भए जन्मदर्ताको प्रमाणित प्रतिलिपी | |||||||||
| *बैंक स्टेटमेन्ट | |||||||||
| 12 | निवृत्तभरण अधिकारपत्र हराएमा, झुत्रो भएमा, पाना सकिएमा प्रतिलिपी दिने । | सेवा निवृत्त निजामती कर्मचारी तथा सेवा निवृत्त निजामती कर्मचारीका परिवार | *हराएको हकमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयको पत्र | हराएमा पहिलो पटक रु.300 र दोस्रो पटक देखि रु.500 लाग्ने । | सोही दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *सम्बन्धित बैकबाट अन्तिम पटक रकम भुक्तानी लिएको बैक स्टेटमेन्ट | |||||||||
| *नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी | |||||||||
| *निवृत्तभरण अधिकारपत्र बाहकको निवेदन | |||||||||
| 13 | निवृत्तभरण भुक्तानी खाता खोल्ने | सेवा निवृत्त सबै राष्ट्र सेवक कर्मचारी तथा निजका परिवारहरु | *निवृत्तभरण भुक्तानी खाता खोली पाउन आवेदन | निःशुल्क | सोही दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी | |||||||||
| *नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी | |||||||||
| 14 | औषधी उपचार थप सुविधा | ७५ वर्ष र ८५ वर्ष उमेर पुरा भएका सेवा निवृत्त निजामती कर्मचारी तथा सेवा निवृत्त निजामती कर्मचारीका परिवार | *१०/२० प्रतिशत औषधी उपचार थप पाउन निवेदन | निःशुल्क | सोही दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *१०/२० प्रतिशत औषधी उपचार थप पाउन माग फारम | |||||||||
| *निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी | |||||||||
| *नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी | |||||||||
| *जन्म मिती खुल्ने प्रमाणपत्र | |||||||||
| *सम्बन्धित किताबखानाको पत्र वा निवृत्तभरण अधिकारपत्रमा संशोधन भएको पत्र | |||||||||
| *बैंक स्टेटमेन्ट | |||||||||
| 15 | निवृत्तभरणको हिसाब मिलान सम्बन्धी | सेवा निवृत्त निजामती कर्मचारी तथा सेवा निवृत्त निजामती कर्मचारीका परिवार | *निवृत्तभरणको हिसाब मिलान गरी पाउन आवेदन | निःशुल्क | सोही दिन | प्रशासन शाखा | कोष नियन्त्रक | प्रमुख कोष नियन्त्रक | |
| *निवृत्तभरण अधिकार पत्रको प्रतिलिपि | |||||||||
| *निवृत्तभरण खाताको बैक स्टेटमेन्ट | |||||||||
| नोटः | निजामती बाहेकका अन्य सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी तथा पारिवारीक निवृत्तभरण पाउने कर्मचारी परिवारहरुको हकमा निम्न बमोजिमका निकायहरुमा माथि उल्लेखित निवृत्तभरण सम्वन्धी कार्यहरु सम्पादन हुने व्यवस्था रहेको छ । | ||||||||
| * | सामुदायिक विद्यालय शिक्षक &nbs डाउनलो गर्नुहोस 
 | ||||||||


 
                       
 
                       
 
                       



 पृष्ठभूमि
  पृष्ठभूमि